हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हुण्डी कारोबारमा संलग्नको आरोपमा ३ जना पक्राउ, ३१ लाख बरामद

प्रहरीले हुण्डी कारोबारमा संलग्नको आरोपमा ३ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । बुधबार विशालबजारस्थित अनुज सेन्टर र न्यूरोड खिचापोखरीस्थित जय दुर्गा टे्रड इन्टरनेशनलबाट प्रहरीले दुई भारतीय नागरिकसहित ३ जनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा भारत नयाँ दिल्ली र भई हाल ठमेलमा बस्ने ५० वर्षका कमल कान्त कुथिय, भारतको राजस्थान घर भएका ५५ वर्षका किसन गोपाल र सप्तरीको राजविराज घर भएका ६७ वर्षका निर्मलकुमार अग्रवाल रहेका छन् । उनीहरुको साथबाट ३१ लाख ८१ हजार ३८५ रुपैयाँ र व्यक्ति तथा संस्थाको नाममा काटिएको चेक पनि बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनीहरुमाथि अनुसन्धानका लगि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उनले बताए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)