हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं जिल्ला अदालतले निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालका अनुसार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश घिमिरेले सन्दीपलाई केन्द्रीय कारागार जगन्नथादेवल पठाउने आदेश दिएका हुन् ।

Advertisement

सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ । पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते सोमबार काठमाडौं अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।

Advertisement

यो पनि स् ८ केजीको बाहुबली समोसा बनाएका भाइरल दाजुभाईले १० कजेजीको समोसा बनाउँदै स् तपाई हामीले देखेको समोसाको तौल कति हुन्छ रु १ सय ग्राम या बढीमा २ सय ग्राम रु तर भारतको उत्तर प्रदेशको कौशल मिठाई पसलमा ८ केजीको ‘बाहुबली’ समोसा फेला परेको छ । जसको मूल्य मूल्य ११ सय रुपैयाँ राखिएको पसलेले बताए । यो भाइरल समोसा मिठाई पसल चलाउने दुई दाजु शुभम र उज्वलले बनाएका हुन् । र अहिले उनीहरु ८ किलोको समोसाभन्दा माथि गएर १० किलोको समोसा बनाउने तयारीमा छन् । सन् १९६४ देखि मिठाईको पसल चलाउँदै आएको यो पसलको संचालकले सुरुमा ४ किलोको समोसा तयार पारे । उनको प्रयोगको निकै प्रशंसा भयो ।

त्यसपछि उनले ८ किलो समोसा बनाउने निर्णय गरे र जुलाइ महिनामा यति ठूलो समोसा तयार गरे जसको भिडियो अहिले भाइरल भइरहेको छ । ग्राहकले पनि ८ केजी समोसा मन पराए र अब १० किलो समोसा बनाउने तयारीमा छन् । उनीहरुलाई ८ केजीको समोसा तयार गर्न ३ घण्टा बढी समय लाग्ने गरेको बताइएको छ ।

साधारण काम नभएकाले यसका ३ जना दक्ष कारीगरलाई रोजगारी दिइएको बताइएको छ । यो समोसा जसले ३० मिनेटमा खान्छ, उसलाई ५१ हजार रुपैयाँ पुरस्कार पनि राखीएको छ । अहिले यो बाहुबली समोसा अर्डरमा तयार पार्ने गरेको उनी बताउँछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)