हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

लमजुङमा मोटो रकम सहित ३८ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले नगदसहित ३८ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति जिल्लाका दुई ठाउँबाट दुई लाख ८१ हजार एक सय २५ रुपैयाँ र ३२ थान कौडासहित ३८ जना जुवाडलाई पक्राउ गरेको हो ।

Advertisement

प्रहरीले बेसीशहर नगरपालिका-९ चिती तिनपिप्लेका गणेशप्रसाद श्रेष्ठको घरमा बाजी राखी जुवा९कौडा० खेल्दै गरेका सम्बन्धित घरधनीसहित २५ जनाको साथबाट नगद एक लाख २१ हजार पच्चिस रुपैयाँ र १६ थान कौडा पक्राउ गरेको प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

Advertisement

पक्राउ पर्ने सबै बेसीशहर नगरपालिका-९ का छन् । यस्तै, प्रहरीले सुन्दरबजार नगरपालिका-९ कुन्छाका रामबहादुर दुराले जुवा (कौडा) खेलाउदै गरेको अबस्थामा रामबहादुर दुरासहित १३ जनालाई नगद एक लाख ६० हजार एक सय २५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको डिएसपी श्रीमलले बताए । पक्राउ परेका १२ जना सुन्दरबजार नगरपालिकाका रहेका छन् भने एक जना तनहुँका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)