कचनकवल ,झापा : १९ फाल्गुन । लोकतान्त्रिक बाम गठबन्धनको गाउँपालिकाको विभिन्न ठाउँबाट आज ३५० भन्दा बढी राप्रपा परित्याग गरी नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेको स्थानीय काङ्ग्रेस नेता छविलाल अधिकारीले बताए । तत्कालीन पथरिया , घेराबारी तथा केचना गाउँपालिकाका ३ सय५० भन्दा बढि राप्रपा ,एमाले लगायतका सक्रिय कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन ।
चुनाव प्रचारप्रसारको क्रममा काङ्ग्रेस नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेद्बार कृष्ण सिटौला र प्रदेश सभा सदस्य उम्मेद्बार भुमि राजवन्सिले आज उनिहरुलाई काङ्ग्रेसको साधारण सदस्य बितरण गर्दै स्वागत गरेका थिए । नेपाली काङ्ग्रेस घेराबारीले सोमबारे बजारमा आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा वडा नम्बर १ राप्रपा उपाध्यक्ष शेरबहादुर लिम्बू ,फुलमाया मेचे ,रिद्दि बहादुर कार्की ,निर्मल तामाङ ,रन्जित मगर लगायत १८० जनाले राप्रपा परीत्याग गरी काङ्ग्रेस प्रवेश गरेको बताईएको छ ।
त्यस्तै तत्कालीन पथरिया बजारमा आयोजना गरीएको कार्यक्रममा ४० जना , दल्किमा आयोजना गरीएको कार्यक्रममा ३० जना , डागिबारीमा आयोजना गरीएको कार्यक्रममा ३० जना प्रवेश गरेका थिए । त्यसैगरी तत्कालीन केचनामा गरेको कार्यक्रममा ७० जना प्रवेश गरेको काङ्ग्रेसले जनाएको छ । हिजोमात्र १५० भन्दाबढि पाठामारी र बालुबाडिमा प्रवेश गरेका थियो । चुनावी अभियानको क्रममा ८ सय भन्दा बढि राप्रपाका नेता कार्यकर्ताले राप्रपा त्याग्दै काङ्ग्रेस प्रवेश गरेको नेपाली काङ्ग्रेस कचनकवलले जनाएको छ ।