हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बालेनले पठाए निर्वाचन आयोगलाई जवाफ, भने ‘नाम लिएर प्रचार गरिएको हो भने कारबाही गर्दा हुन्छ’

काठमाडौं, २१ कार्तिक – काठमाडौं महानगरका मेयर बालेनले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् । निर्वाचन आयोगले आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसार बारे स्पष्ट पार्न भनेको थियो ।

Advertisement

सो को जवाफ दिँदै बालेनले उक्त पार्टीमा आफ्नो आबद्दता नभएको भन्दै आफ्नो नाम लिएर प्रचार गरिएको हो भने कारबाही गर्दा हुने जवाफ पठाएका छन् ।

Advertisement

आयोगले शाहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन? भनेर स्पष्ट पार्न भनेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)