हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

६.६ म्याग्निच्यूडको भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, ५ घाइते

काठमाडौँ । मंगलबार मध्यराति गएको भूकम्पबाट डोटीमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० भोलाप्रसाद भट्टका अनुसार मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँको एक घर भत्किँदा ज्यान गुमाउृनेमा ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता

Advertisement

बोहरा र ७ वर्षीय छोरा हर्क बोहरा, ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको मृत्यु भएको हो । उनीहरुको घर पुरिएर र च्यापिएर मृत्यु भएको अवस्थामा प्रहरीले शव बाहिर निकालेको छ ।

भूकम्पले सोही वडाका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् ।

उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । भूकम्प मध्यरातको २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)