हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपाल आउन लागेका बलिउड गायक आदित्य नारायण झाले काठमाडौंका दर्शक नचाउने, पशुपतिनाथको पनि दर्शन गर्ने

बलिउड गायक आदित्य नारायण झा नेपाल आउने भएका छन् । उनले नेपाल आएपछि पशुपतिनाथको पनि दर्शन गर्ने बताइएको छ ।खास गरी उनी आगामी शनिबार १० मंसिर मा ठमेलको क्लब फ्यारेनहाइटमा आयोजना हुने ‘लाईभ कन्सर्ट’ मा आफ्नो प्रस्तुति दिन नेपाल आउने भउका हुन् ।श्रेष्ठका अनुसार गायक झाले कन्सर्टमा भारतीय गीतसँगै नेपाली गीतहरू पनि प्रस्तुत गर्ने छन् ।

Advertisement

क्लब फ्यारेनहाइटमा गायक झाको कन्सर्ट हेर्नका लागि सोहि दिन क्लब फ्यारेनहाइट बाट टिकट लिन सकिने श्रेष्ठले बताएका छन् । कन्सर्टका लागि आदित्य शुक्रबार नेपाल आउन लागेका हुन् ।

Advertisement

सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका झाले नेपाली फिल्म ‘कुसुमे रुमाल २’ मार्फत पाश्र्व गायकको रुपमा डेब्यु गरेका थिए ।आदित्य उदित नारायण झाका छोरा हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)