हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जङ्गलमा तीन ओटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, ३ जना घाइते

बाँके – बाँके जङ्गलमा तीन ओटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा वीरगञ्ज महानगरपालिका–२३, पोखरीयाटोलका ३६ वर्षका राम लोचन पटेल र पर्स मिर्जापुर–१ घर भइ जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय बाबुलाल प्रसाद साह रहेको प्रहरीले जनाएको छ ।

Advertisement

त्यस्तै दुर्घटनामा ३ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका पर्सा वीरगञ्ज महानगरपालिका–२३ सबैठवा घर भएका २४ वर्षीय सोनेलाल प्रसाद यादव, सिरहाको कर्जन्हा नगरपालिका–११ बस्ने वर्ष ५० का चन्देश्वर महतो र महतोकै श्रीमती ४५ वर्षीया जयन्ती कुमारी महतोको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–०१७ प ७१८७ नम्बरको मोटरसाइकल र स ९ प १५९१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)