हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अवैध हातहतियार र विस्फोटक पदार्थसहित ताप्लेजुङमा एक जना पक्राउ

ताप्लेजुङका हातहतियार र विस्फोटक पदार्थसहित एक व्यक्ति पक्राउ गरेका छन् । मिक्वाखोला गाउँपालिका वडा नं ४ बस्ने हंसराज लिम्बुका छोरा नवीन कुमार नाल्बोलाई प्रहरीले पक्राउ गरिएको हो । उनीमाथि आफ्नै भाइ शुक्रराज नाल्बो लिम्बुको भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोप छ ।

Advertisement

प्रहरी निरीक्षक सञ्जय बुचाको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी अपराधसँग सम्बन्धित प्रमाण सङ्कलन गर्ने क्रममा उनको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल एक थान, बारुदको कालो धुलो पदार्थ प्लास्टिकको पोको एक थान, सेतो बट्टामा समेत बारुद रहेको एक थान, भरुवा बन्दुकमा लोड गर्न प्रयोग गर्ने गोली (फलामका छर्रा) ६ ओटा, फलाम काट्न प्रयोग गर्ने औजार एक थान, दापसहितको खुकुरी एक थान, भरुवा बन्दुकको बट जस्तो देखिने काठको बस्तु एक थान, रडको टुक्रा दुई थान बरामद गरेको छ । उनीमाथि अवैध हातहतियार प्रयोगको कारण फौजदारी मुद्दा अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

Advertisement

Source: Rato Pati

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)