हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकियो

काठमाडौं, ११ मंसिर :प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकिएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको हाल ८० प्रतिशत मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

Advertisement

यद्यपि उक्त मतपरिणम आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको तथ्यांक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको आयोगले जनाएको छ ।

Advertisement

यसपटकको आमनिर्वाचनमा एक करोड ७९ लाख ८ हजार ८५० मध्ये झण्डै ६१ प्रतिशत मत खसेको थियो । कूल खसेको मतको ८० प्रतिशत मतगणना गरिसक्दा अब समानुपातिक प्रणालीतर्फ झण्डै २४ लाख मत गणना गर्न बाँकी रहेको आयोगले उल्लेख गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)