हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने धनकुमारी र योगेशराज पक्राउ

अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै प्रलोभन देखाएर लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्रेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई ललितपुरस्थित सातदोबाटोबाट आइतबार पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा रामेछाप नगरपालिका(५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका(५ बस्ने ३४ वर्षीय योगेशराज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका(१ घर भई काठमाडौं महानगरपालिका(३२ सुविधानगर बस्ने ३० वर्षीया धनकुमारी ओली रहेका छन् ।

Advertisement

श्रेष्ठले अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर जागिर लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रुपैयाँ लाग्ने भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख सात हजार रुपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएका थिए ।

धनकुमारीले समेत विभिन्न व्यक्तिहरूलाई पोर्चुगलका प्रतिष्ठित होटेलमा जागिर लगाइदिन्छु प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएकी थिइन् । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)