हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

युटयुव हेरेर मुर्ति बनाउने कला सिके पछि रातारात धनि बने धर्म

कञ्चनपुर, १४ मङ्सिर शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरका धर्म चौधरी सिमेन्टको प्रयोग गरी सरस्वतीको मूर्ति निर्माण गर्दै कालिगढ । युटयुवबाट चौधरीले मुर्ति बनाउने कला सिकेपछि यस कार्यलाई व्यावसायिक गरेर आम्दानी गर्दै आएका छन् ।

Advertisement

Advertisement

यो पनि : रिजाल बन्धुुको समावेशी कुलपूजा:प्युठान, १४ मंसिर । प्युठानमा रिजाल बन्धुुको समावेशी कुलपूजा भइरहेको छ । पाँच वर्षको अन्तरमा गरिने देवाली यसवर्ष यही मंसिर १२ गतेदेखि सुरु भएको छ । यो मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ। रिजालबन्धुुहरुको देवाली भए पनि सवै थरका मानिसहरुले बली चढाउन पाउने व्यवस्थाले समेत अन्य देवालीभन्दा यो अलि पृथक र विशेष देवालीको रुपमा हेरिने गरिन्छ। जसलाई एउटै शव्द समावेशी कुलपूजाले सम्बोधन गर्दै आइरहेको पाइन्छ।

यसरी समावेशिताको आधारमा कुलपूजा गर्ने हुँदा गाउँँमा सवै जाजजातिबीच भाइचाराको सम्बन्ध थप मजवुत गराएको स्थानीय बताउँछन् । लुङ्ग सँंगै मरन्ठाना, मच्छी, विजुवारको टिकुरी, टारी, खलंगा शिवालय लगायत जिल्लाका विभिन्न स्थानमा रिजालबन्धुु बसाईं सराई गरी बस्ती बसेका छन्। जिल्ला बाहिर दाङ, नेपालगञ्ज, बर्दिया, दैलेख, चितवनलगायत ठाउँमा समेत ठूलो संख्यामा रिजालबन्धुु परिवार फैलिएको छ।

आलम जात्रा देवालीको मुख्य आकर्षणको रुपमा मानिन्छ। देवालीको अन्तिम दिन अर्थात् अष्टमी तिथिको दिन सूर्योदयसँगै मूलघरदेखि गौरासम्म आलम प्रदर्शन तथा जात्रा गर्ने गरिन्छ। बाँसको लिगोमा ध्वजाहरु थपिँदै जाँदा यो आलमको स्वरुप बन्दै जान्छ । ध्वजासहित भेटिस्वरुप नगदसमेत उक्त आलममा चढाउने गरिन्छ । कुल व्यवस्थापन समितिका अनुसार करिब एक लाख बढी दर्शक, भक्तालुहरुले उक्त आलम प्रदर्शनको अवलोकन गर्ने जनाईएको छ।

पञ्चमी तिथिदेखि नै देवाली सुरु हुने हुँदा उक्त दिन देखि नै दैनिक झाँकी तथा अष्टमी तिथि ९१५ गते० भर प्रदर्शन हुने झाँकी यहाँको विशेष आकर्षण हो । सप्तमी तिथी ९१४ गते ० दिनभर लाग्ने झाँगी कुलघरमा झाँगी प्रदर्शन हुदै बिहानी नहुँदै रातिकै समयमा धामीपुजाराहरु झाँकी प्रदर्शन गर्दै कुलघरदेखि गौरासम्मको यात्रा पश्चात त्यस दिनको मुख्य पुजा सकिन्छ भने नियमित पुजा रातभरनै संचालन भई रहने गर्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)