झापा । झापाकाे बिर्तामोडका शिक्षासेवी हरिकुमार प्रसाईंकाे आज बिहान अमेरिकामा निधन भएको छ। बिर्तामोड ५ स्थित न्यूटन्स एजुकेशन एकाडेमीका संस्थापक प्रसाई क्यान्सरजस्ताे घातक राेग लागेर लामो समयदेखि अस्वस्थ थिए ।

उपचारकै क्रममा आज बिहान अमेरिकामा उनकाे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । प्रसाईले झापाकाे अर्जुनधारामा सञ्चालन भई हाल बन्द रहेकाे दीपज्योति विद्यामन्दिरकाे स्थापनामा पनि महत्त्वपूर्ण योगदान दिएका थिए । पछि उनले न्यूटन्स एजुकेशन एकाडेमी र एभरेष्ट स्मार्टकाे सञ्चालन गरेका छन
