हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

काठमाण्डौको इन्द्रचोकमा दिनदहाडै चिनियाँ नागरिकबीच झगडा, चक्कु प्रहार बाट एकको मृत्यु, एकको अवस्था गंभीर

काठमाण्डौमा चिनियाँ नागरिकहरु बीच आपसमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा २९ वर्षका गान साउजिओङ रहेका छन् । त्यस्तै अर्का ३२ वर्षका ली चुजान घाईते भएका छन् । उनको पेटमा गहिरो चोट लागेको छ ।

Advertisement

काठमाडौंको इन्द्रचोकमा आज चिनियाँ नागरिकहरुबीच आपसमा झगडा भएको थियो । सो क्रममा ३७ वर्षका फेङ जेङयुङले दुई जनालाई चक्कु प्रकार गरेका थिए । चक्कु प्रहार बाट ली चुजान र गान साउजिओङ घाइते भएका थिए ।

Advertisement

गानको पेट, छाती ठाउँकोका दाया भागमा चोट लागेको थियो । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज साँझ मृत्यु भएको हो । चक्कु हान्ने फेङ प्रहरीको नियन्त्रणमा रहेका छन् । झगडाको कारणका बिषयमा प्रहरीले अनुषन्धान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)