हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्ज गैंडा मृत भेटियो, खाग र खुर सुरक्षित

चितवन, १९ मङ्सिर चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ । मृत गैंडा भेटिएको स्थानमा निकुञ्जको प्राविधिक टोली अनुसन्धानका लागि गएको छ । गैंडा बुढो भएर मरेको अनुमान गरिएको छ ।

Advertisement

यो पनि : ललितपुरको बाँडेगाउँमा प्रधानमन्त्रीद्वारा सङ्कल्प पूजा:प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्नुभएको छ ।

आज ललितपुरको बाँडेगाउँ सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८औँं जन्मोत्सवको अवसरमा आयोजित उक्त ज्ञान महायज्ञ९सप्ती हजार यज्ञ० मा प्रधानमन्त्री देउवाले सङ्कल्प पूजा र दीप प्रज्वलन गर्नुभयो ।

भट्टराई आश्रममा प्रधानमन्त्री देउवालाई पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्रीद्वय शरदसिंह भण्डारी, ओमकारप्रसाद श्रेष्ठ, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, एसएसपी यज्ञविनोद पोखरेल, नेपाली कांग्रेस जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।

आजबाट सुरु भएको महायज्ञ मङ्सिर २७ गतेसम्म सञ्चालन हुने मुख्य पुरोहित रामचन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।

विसं २०१५ मा संसद्को पहिलो सभामुख हुनुभएका भट्टराई विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदको प्रधानमन्त्री हुनुभएको थियो ।

विसं २००३ मा कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा संलग्न भट्टराईले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर–उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गर्नुभएको थियो ।

नेपाली राजनीतिमा महत्वपूर्ण योगदान पु¥याउनुभएका भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो । भट्टराईको निधन पश्चात् हरेक वर्ष उहाँको सम्झनामा जन्मोत्सव र स्मृति दिवसको अवसर पारेर बाँडेगाउँ आश्रममा कार्यक्रम गरिँदै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)