हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

वैकल्पिक व्यवस्था गर्न सुकुम्बासीको आग्रह

सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म पदयात्रा गरी आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन् ।

Advertisement

कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले वर्षौँदेखि बसोबास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्था गर्न माग गर्नुभयो । “वैकल्पिक व्यवस्था बिना गरिएको उठिबास सह्य हुँदैन, वैकल्पिक बसोबास बिनाको उठिबास नागरिक अधिकारमाथिको हनन हो”, उहाँले भन्नुभयो ।

Advertisement

उहाँले सुकुम्बासी विध्वंसकारी नभएको भन्दै देश विकास र निर्माणका शक्ति सुकुम्बासी भएको बताउनुभयो । अध्यक्ष कार्कीले सरकारले सुकुम्बासीहरूको वार्ता र सहमतिको ढोका बन्द गरेको भन्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गर्नुभयो । यही मङ्सिर १२ गते अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको पहलमा काठमाडौँ महानगरपालिका डोजर लिएर सुकुम्बासी बस्ती भत्काउन पुगेदेखि बस्तीमा असहज परिस्थिति सिर्जना भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)