हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बाह्रदशीकी मुटुरोगी बालिका मनिषाको उपचारका लागि सहयोगको अपिल

हल्दिबारि, २३ मंसिर । झापाको बाह्रदशी गाउँपालिका–२ की पाँच वर्षीय बालिका मनिषा बुढाथोकी यतिबेला मुटुसम्बन्धी रोगले पीडित बनेकी छन् ।

Advertisement

मुटुमा गम्भीर समस्या देखिएपछि बालिका मनिषाको काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण मनिषाको उपचार गर्न समस्या भइरहेको पिता प्रेमबहादुर बुढाथोकीले बताउनुभयो ।

Advertisement

“झापा र विराटनगर अस्पतालहरुमा देखाएँ, उपचार हुन सम्भव भएन”, उहाँले भन्नुभयो, “मुटुमा प्वाल रहेको थाहा पाएपछि डाक्टरको सल्लाह अनुसार शहिद गंगालाल हृदय केन्द्रमा उपचार गराइरहेको छु ।” आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या परेको उहाँको भनाइ छ ।

हालसम्म उपचारका क्रममा रू ५० हजार खर्च भएको उहाँले बताउनुभयो । उपचारका लागि करिब रू दुई लाख ५० हजार लाग्ने उपचारमा संलग्न चिकित्सकले जनाएको उहाँले बताउनुभयो । “अस्पतालमा बेड खाली नभएरका पुस ४ गते भर्ना गर्ने र पुस ६ गते शल्यक्रिया गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यतिबेलासम्म कोठैमा राखेर उपचार गरिरहेका छौं, आर्थिक अवस्था कमजोर भएकाले मनकारीहरुबाट सहयोग पाउने अपेक्षा गरेका छौं ।” आर्थिक अवस्था नाजुक भएकाले नै बाध्य भएर आफूले सहयोगको अपिल गरेको उहाँको भनाइ छ ।

बालिकाको उपचारका लािग सहयोग गर्न इच्छुकहरुले प्रेमबहादुर बुढाथोकीको प्राइम बैंकमा रहेको बैंक खाता नं. १०००००५४ पठाउन वा मोबाइल नम्बर ९८१६९२३९९१ मा सम्पर्क गर्न सकिनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)