हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

संघीयता जनताको लागि नभई नेता व्यवस्थापनको लागि प्रयोग भयो : विप्लव

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले वर्तमान संघीयता जनताको लागि नभई नेता व्यवस्थापनको मात्र भएकाले मुलुकमा संघीयताको औचित्य नभएको बताए । साक्षात्कार कार्यक्रममा महासचिव चन्दले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरूको औचित्य नभएको प्रस्ट पारेको बताए । उनले राज्य आर्थिक सङ्कटको भुमरीमा फसेकोले राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंका भन्दा थप सङ्कटमा पर्ने उल्लेख गरे। उनले आफूहरूले थालेको क्रान्ति मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरि देशको स्वाधीन अर्थतन्त्रको क्रान्ति गरेको प्रष्ट पारे ।

Advertisement

महासचिव चन्दले भर्खरै सम्पन्न मंसिर ४ को निर्वाचनले जनतामा खुसी, उल्लास नछाएको भन्दै दल र दलका नेताहरू सुध्रनुपर्ने जोड दिए । उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति भएको र वर्तमान सरकार संग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भइरहेको बताए । महासचिव चन्दले नेपालमा कम्युनिष्टहरू बलियो हुँदा कम्युनिष्ट र देश सिध्याउन चाहने विदेशी शक्तिहरूको निन्द्रा हराम भएको भन्दै उहाँले नेपालमा कम्युनिष्ट पार्टी एक हुनुपर्ने बताए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)