हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हात्तीको आक्रमणबाट हल्दिवारीमा चारजना घाइते : मेची प्रादेशिक अस्पतालमा उपचार हुँदै

हल्दिवारी ४ मा गएराती हात्तीको आक्रमणबाट चारजना घाइते भएर मेची प्रादेशिक अस्पतालमा उपचारका लागी लगिएको स्थानीय प्रहरी चौकी जलथलले जनाएको छ ।

Advertisement

अनुसार राती २ बजेतिर जङ्गलबाट गाउँ छिरेका हात्तीको समुहलाई जलथल जङ्गल तिरनै खेद्ने क्रममा स्थानीय गौरादेवी पौडेल र नगेन्द्र पौडेल गम्भीर घाइते साथै पार्वता देवी पौडेल र चेतन पौडेल सामान्य घाइते भइ मेची प्रादेशिक अस्पतालमा उपचारको क्रम जारी रहेको प्रहरीले बताएको छ ।

Advertisement

त्यस्तै स्थानीय जय दाहालको खमारमा रहेको १ बिगाहाको धानबाली पुर्णरुपमा क्षती पुर्याएको छ भने बिजय लावतीको थ्रेसर लगाएको अन्दाजी ७ मनधान नोक्सानी गरेको समेत स्थानीयले बताएका छ्न । त्यसैगरी स्थानीय धनबहादुर गहतराजको अटोमा समेत हात्तीले नोक्सानी गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)