हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ॐ नम शिवाय बचत तथा ऋण सहकारी संस्थाकाे सेवा केन्द्र उद्घाटन

सुदीप गिरी हल्दीबारी । ॐ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ५ ले हल्दिबारी–३ ढडुवा चौकमा शनिबार (आज) सेवा केन्द्र उद्वघाटन गरेको छ ।

Advertisement

दशनामी बन्धुहरूको बाहुल्यता रहेको संस्थाले भद्रपुुर नगरपालिका र हल्दीबारी गाउँपालिकालाई समेटेको ढडुवाचोकमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । ढडुवा सेवा केन्द्र अन्तर्गत ५ सय २९ जना शेयर सदस्य रहेको छन भने शेयर पुँजी ३१ लाख ८८ हजार २०० रुपैयाँ रहेको छ । त्यस्तै निक्षेप तर्फ १४ लाख ३१ हजार ३२३ रुपैयाँ तथा कर्जा लगानी ४३ लाख १८ हजार ५६७ रुपैयाँ रहेको जानकारी गराईएको थियो। संस्थाका अध्यक्ष भरतलाल गिरीले सेवा केन्द्रको सञ्चालक उप–समितिले लोभ, लालच नगरी, निःस्वार्थ संस्थाको श्रीबृद्विमा अहोरात्र खट्नेमा बिश्वास ब्यक्त गरे ।

Advertisement

प्रमुख अतिथि बिष्णुप्रसाद ओलीले ग्रामीण क्षेत्र भएको कारण आर्थिक क्रियाकलाप कम हुने र खराब ऋणिहरूबाट संस्थालाई जोगाउन र संस्थाको बृद्वी र बिकासका लागि आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन्। कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोबिन्दबिक्रम गिरी, नेपाल दशनामी समाज केन्द्रीय कोषाध्यक्ष डम्बर वन, शेयर सदस्य,सञ्चालक समितिका पदाधिकारी, बिषयगत उप समितिका पदाधिकारीहरू,कर्मचारीलगायत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकाे सञ्चालक समिति सदस्य जानुका गिरीले गरेकी थिइन् ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)