हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नयाँ बसपार्कबाट ठगी र कीर्तेमा संलग्न गिरोहका आठजना पक्राउ

काठमाडौं–२६ स्थित नयाँ बसपार्क इलाकामा आन्तरिक राजस्व कार्यालयको युनिफर्म र परिचयपत्रसमेत लगाएर आफूलाई आन्तरिक राजस्वको कर्मचारी बताउनेलाई प्रहरीले शुक्रबार ४ बजे पक्राउ गरेको हो ।

Advertisement

उनीहरूले विभिन्न होटल तथा रेष्टुरेन्टमा राजस्व अनुगमनका लागि आएका हौं भनी नयाँ बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरूले विभिन्न बहानामा कर छली गर्ने गरेकाले नगद जरिवाना तिर्नुपर्ने भन्दै आन्तरिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद दिई पैसा असुल गरिरहेको अवस्थामा प्रहरी वृत्त महाराजगञ्जबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा बिनबहादुर बिक, सृजना भट्टराई, सागरजंग लुहार, प्रमिशा तामाङ, दूधकला बिक, अञ्जना तामाङ, राजिब बिष्ट र डेबिड धामी छन् । उनीहरूको साथबाट प्रहरीले आन्तरिक राजस्व कार्यालय लेखेको स्टाम्प दुई थान, अनुगमन अधिकृत लेखिएको स्टाम्प एक थान, हस्ताक्षर भएको स्टाम्प एक थान, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलीहरु, राजस्वसम्बन्धी किताबहरु र आन्तिक राजस्व कार्यालयको परिचयपत्र सात थान बरामद गरेको प्रहरीले जनाएको छ । पीडितहरुबाट प्राप्त रसिद र मोबाइल पेबाट समेत गरी जम्मा पाँच लाख आठ हजार ६ सय ४० रुपैयाँ संकलन गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)