हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

तीन वटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार जना घाइते

सुनसरीको बरहाक्षेत्र नगरपालिका- ३ स्थित सडक खण्डमा तीन वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन ।

Advertisement

मृत्यु हुनेमा को १७ प ६९४४ नम्बरको मोटरसाइकल चालक बेलबारी नगरपालिका २ का ३५ वर्षीय हर्क बहादुर राई रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । हिजो शनिवार साँझ ६ बजे प्रदेश १-०२-०४३ प १७१, को ३८ प ९२१० र को १७ प ६९४४ नम्बरको मोटरसाइकलहरु एक आपसमा ठक्कर खादा दुर्घटना भएको थियो ।

Advertisement

दुर्घटनामा परी घाइते भएका वराहक्षेत्र १ का ३३ वर्षीय रञ्जित कार्की, ३५ वर्षीय सुभाष श्रेष्ठ, सुन्दरहरैचा–२ का ३८ वर्षीय हेमचन्द्र गुरागाईँ र २६ वर्षीय इन्दिरा गुरुङको धरान घोपामा उपचार इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)