हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रेशम चौधरीलगायतलाई छुटाउने गरी सरकारले ल्याएको अध्यादेशप्रति कांग्रेस महामन्त्री शर्मा र रास्वपाका सभापति लामिछानेको आपत्ति

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्वतन्त्र समूहसँग भएका सहमति कार्यान्वयन गर्न सरकारले अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको हो ।  कैलालीमा २०७२ मा भएको ‘टीकापुर काण्ड’मा चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन् ।

Advertisement

यसअघि गत भदौ २७ को मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको थियो । भदौ २७ को मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सरकारले उनीहरूको रिहाइका लागि अध्यादेश ल्याएको हो ।  अध्यादेश लइँउसाग्ै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र रास्वपाका सभापति रविलामिछानेले आपत्ती जनाएका छन् ।

Advertisement

कांग्रेस महामन्त्री शर्माले आइतबार राति ट्वीटर मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई मेन्सन गर्दै सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य भन्दै सर्वोच्चले दोषी ठहर गरेकाहरूलाई छाड्ने निर्णयप्रति आफ्नो असहमति रहेको प्रष्ट पारेका छन् । शर्माले यो विषय कानुनी, राजनीतिक मात्रै नभई नैतिक प्रश्न समेत भएको उल्लेख गरेका छन् ।

संक्रमणकालमा अध्यादेश ल्याउने विषयमा दलहरुबीच र आफ्नै दल कांग्रेसभित्र भएको घनिभूत छलफलको हेक्का नराखिएको भन्दै एन्ले सरकारको निर्णय सम्पूर्ण रूपले गलत भएको ब्त्ँएक्ँ छन्् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि सरकारले ताजा जनादेश र संसदको अधिकारी मिचेर अध्यादेश ल्याउन खोजेको बताउका छन् ।

लामिछानेले त्यस्तो के आपत् लाईलागेको छ र एक दुई हप्ता पनि कुर्न नसकी अध्यादेश ल्याउनु पर्‍यो भन्ने प्रश्न गररेका छन् । । सरकारको कदम ताजा जनादेशको मर्म विपरित मात्रै नभएर राजनीतिक निर्लज्जातको पाराकाष्ठा समेत हो भन्दै लामिछानेले अध्यादेश ल्याउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)