हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपाल आइडलबाट चर्चामा आएका गायक निशान भट्टराई र पत्नी मोडल ऋचा न्यौपानेको बैवाहिक जीबनमा खटपट !

काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको बैवाहिक जीवनमा खटपट आएको अनुमान गर्न थालिएको छ । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरुले २०७७ कानुनी विवाहमा परिणत गरेका थिए ।

Advertisement

दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेर एकअर्कासँगको तस्वीर पनि डिलिट गरेपछि सम्बन्धमा दरारर आएको अनुमान गर्न थालिएको हो   ।

Advertisement

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप बनेयता निशान चर्चित बने भने ऋचाले चाहिं निशानले गाएको गीत ‘लाउर जाने रेल’मा अभिनय गरेकी छन् । ऋचाले इन्स्टाग्राममा निशानलाई अनफलो गरेकी छन् ।

उनको अकाउन्टमा बिहे र निशानसँगका तस्वीर गायब छन् । निशानले आफ्नो आधिकारिक फेसबुकबाट पनि ऋचासँगका र बिहेका तस्वीर हटाएका छन् । उनीहरु निकट स्रोतहरुले पनि उनीहरु केही समयदेखि अलग रहँदै आएको बताएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)