हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

स्थानीय चुनावमा प्रतिस्पर्धी बनेका यो जोडीले गर्योे विवाह

काठमाडौँ । कुनै समय चुनावमा आफ्नै प्रतिस्पर्धी राजनीतिकर्मीलाई यी मेयरले अहिले आएर विबाह गरेका छन् । खबर हो दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको ।

Advertisement

जहाँका मेयर गणेशकुमार शाहीले स्थानीय तहको चुनावमा शाहीसँगै मेयरको प्रतिस्पर्धामा उत्रिएकी नेकपा(एकीकृत समाजवादी) की मनिषा कार्कीसँग विबाह गरेका हुन् ।

Advertisement

३७ वर्षीय मेयर शाहीले बुधबार २५ वर्षीया कार्कीसँग लगनगाँठो कसेसँगै अहिले थप चर्चामा छन् । नेपाली काँग्रेसका उम्मेद्धवार र शाहीले ३ हजार ९३५ मतान्तरले कार्कीलाई पराजित गरेका हुन् ।

कांग्रेसबाट उम्मेदवार बनेका शाहीले ४ हजार ७० मत पाउँदा समाजवादीबाट उम्मेदवार बनेकी कार्कीले १३५ मत मात्रै प्राप्त गरेकी थिइन् । उसो त समाजवादी, माओवादी र कांग्रेसबीच गठबन्धन थियो ।

तर चामुण्डा बिन्द्रासैनीमा गठबन्धन नभएपछि तीनवटै दलले आ–आफ्नो उम्मेदवार बनाएका थिए । चुनावमा गठबन्धन हुन नसकेका शाही र कार्कीबीच भने जीवनको गठबन्धन भएको छ ।

केही दिनअघि त्रिभुवन विश्वविद्यालयबाट दीक्षित बनेकी कार्कीले आफ्नो फेसबुकमा शाही सहितको तस्वीर सेयर गर्दै लेखेकी छन्,‘ दुवै विषयमा दीक्षित भएको प्रमाण ।’ मेयर पत्नि कार्कीले यो निर्णपछि आँफुहरुको खुशीको सिमाना झनै बढेको उल्लेख गरेकी छिन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)