हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सर्वोच्चको निर्णय स्पष्ट नभएको भन्दै कारागारले चार्ल्स सोभराजलाई छाड्न मानेन

केन्द्रीय कारागारले बिकिनी किलरका रुपमा चिनिएका चार्ल्स सोभराजलाई छाड्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतको वुधबारको आदेश स्पष्ट नभएको भन्दै तत्काल छाड्ने अवस्था नदेखिएको कारागार व्यवस्थापन विभागले जनाएको छ । उनलाई तत्काल छाडने सम्भावना भएको भन्दै कारवाही विभागले सर्वोच्चको निर्णय स्पष्ट नभएको जनाएको छ ।

Advertisement

सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका ७८ वर्षीय फ्रेन्च नागरिक सोभराजलाई तत्काल थुनामुक्त गरि १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको थियो । बुधबारको आदेशकै भरमा चार्ल्स सोभराजलाई छोड्न सक्ने अवस्था कम भएको विभागका सुचना अधिकारी रामचन्द्र शिवाकोटीले जानकारी दिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)