हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चितवनमा सवारी दुर्घटनामा ४० जनाको मृत्यु

चितवनमा गत पाँच महिनामा सवारी दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न स्थानमा १६२ वटा सवारी दुर्घटनाबाट उक्त संख्यामा मृत्यु भएको हो । दुर्घटनाबाट मृत्यु हुनेहरूमा पुरुष धेरै छन् । सो अवधिमा ३३ जना पुरुष, ४ जना महिला र ३ जना बालबालिकाले ज्यान गुमाएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Advertisement

यस्तै उक्त अवधिमा ९२ जना गम्भीर घाइते र २१५ जना सामान्य घाइते भएका समेत प्रहरीले जनाएको छ । मोटरसाइकल १३३, जिप, कार ३४, ट्रक ट्याङ्कर ३१, बस १५, माइक्रोबस छवटा, ट्याक्टर पाँच, ट्याम्पु आठ, टिपर चार, शारीरिक शक्तिबाट चल्ने १२ वटा र अन्य ४ वटा रहेको तथ्यांकमा उल्लेख छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)