हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बालमैत्री दिवसमा भद्रपुरमा विविध कार्यक्रम सम्पन्न

भद्रपुर । दोश्रो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको अवसर पारेर भद्रपुरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । नगर बाल सञ्जाल भद्रपुरकी अध्यक्ष भावना पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक कार्यक्रम सहित चेतनामुलक नाटक प्रदर्शन गरिएको हो ।

Advertisement

कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, निवर्तमान प्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर ७ का निवर्तमान वडाध्यक्ष विनोदप्रसाद पोखरेल लगायतले शुधकामना मन्तव्य राख्दै बाल बालिकाको अधिकार रक्षामा जोड दिएका थिए । कार्यक्रममा नगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले विभिन्न जातीय पहिचानका पहिरन सहित नृत्य तथा साँगीतिक प्रस्तुती राखेका थिए । बालमैत्री दिवसको अवसरमा नगरपालिकाले नगर क्षेत्रमा खुसीयाली स्वरूप सार्वजनिक विदा समेत दिएको थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)