हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

इस्टु झापाको नेतृत्वका लागि भद्रपुरले राजु वराललाई अगाडि सार्ने

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले माघ ७ गते सम्पन्न हुने जिल्ला अधिवेशनमा नेतृत्वका लागि भद्रपुरका कुशल संगठक राजु वराललाई अध्यक्ष तथा नगर अध्यक्ष द्रोण अधिकारीलाई जिल्ला सचिव पदका लागि सर्वसम्मत सिफारिस गरेको छ ।

Advertisement

वर्तमान जिल्ला अध्यक्ष होमराज खतिवडाको टिमले दुई कार्यकाल कुशलता पूर्वक नेतृत्व गर्दै झापा जिल्लामा कार्यरत शिक्षक कर्मचारीको अधिकारको आन्दोलनमा अतुलनीय योगदान दिएको ठहर सहित आभार प्रकट गर्दै नगर समितिले अबको नेतृत्व भद्रपुरले गर्ने समेत घोषणा गरेको हो ।

Advertisement

अधिकार प्राप्तिको आन्दोलनमा अग्रजले देखाएको मार्गमा वर्तमान परिस्थितिको सामना गर्न झापाका लागि भद्रपुर इस्टु तयार रहेको प्रष्ट पार्दै बैठकले सम्पूर्ण झापाली संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई एकताबद्ध भएर नेतृत्व छनौटमा सहभागिताका लागि आव्हान समेत गरेको छ । बैठकले सरकारले तय गरेको नीति तथा नियम मिचेर केही संस्थागत विद्यालयहरू सञ्चालनमा रहिरहेको प्रति दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गर्ने निर्णय समेत गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)