हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

राजेन्द्र लिङ्देनकाे क्षेत्रकाे पूलकाे अबस्था

हल्दिबारी । झापाको हुलाकी राजमार्ग अन्तर्गत भद्रपुर–राजगढ सडक खण्डमा पर्ने हल्दीबारी गाउँपालिका वडा नं. ५ र बाह्रदशी गाउँपालिका वडा नं. ३ जोड्ने भुतेनी खोलाको पुल अधुरो हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ।

Advertisement

राष्ट्रिय गौरवको आयोजना मार्फत हुलाकी राजमार्ग अन्तर्गत दुई पालिकाका सिमाना जोड्ने सडक खण्डमा पर्ने सो खोलामा पुलको काम पूरा नहुँदा दुई गाउँपालिकाका बासिन्दाको यात्रा जोखिम पूर्ण बनेको हो।
राजमार्गको काम शुरु भएलगत्तै खोलामा पुल निमार्णको काम शुरू भएको थियो । तर, निर्माण समयअवधि सकिएको भएता पनि हालसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले आवत – जावतमा समस्या व्यहोर्नु परेको छ । अझै पुल निर्माण कार्य समेत पूरा हुन सकेको छैन । बिगत ३÷४ बर्षदेखि उक्त बाटोमा यात्रा गर्नेले दैनिक सास्ती खेप्नु परेको स्थानीय प्रेम राई बताउँछन् ।

Advertisement

‘‘बल्लबल्ल पुल ढलाई त भयो, अब रेलिङ्ग, ढुङ्गा जाली, दुई पट्टी बाटो र पुललाई जोड्न माटो भर्ने र रंग रोगनको काम कहिले कति वर्षमा गर्ने हो थाहा छैन’ स्थानीय मानबहादुर तामाङले भने ‘यहाँ दैनिक दुईदेखि तीन वटासम्म मोटरसाइकल दुर्घटना भईरहेका छन् ।’ झापा क्षेत्र नम्बर ३ को हुलाकी राजमार्ग पर्ने एउटा मात्र अधुरो र अपुरो काम गरेको ठूलो पुल हो जुन सांसद राजेन्द्रप्रसाद लिङ्देनको पनि क्षेत्र हो ।

यस बिषयमा स्थानीय तहले पनि चासो र खोजी गरेको छैन । हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले यसबारे आफुले सम्बन्धित निकायमा सोध–खोज र पुलको पूर्णताका लागि आवश्यक समन्वय र पत्रचार गर्ने बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)