हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हाम्रो नेपालको एकाईगत साधारणसभा भद्रपुरमा सम्पन्न

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को १० औं वार्षिक( चन्द्रगढि , मंगलबारे , बनियानी र सोमबारे ) एकाईगत साधारणसभा सनिवार सम्पन्न भएको छ ।

Advertisement

Advertisement

संस्थाका केन्द्रिय अध्यक्ष भवानीप्रसाद दङ्गालको प्रमुख आतिथ्य तथा बनियानि सेवा केन्द्रका संयोजक शुकराज लिम्बुको सभापतित्वमा सम्पन्न एकाईगत साधारणसभाले २६ जना माइन्युट प्रमाणीकरण प्रतिनिधि समेत चयन गरेको छ ।

झापा ,मोरङ र इलाममा समेत आफ्नो सेवा बिस्तार गरेको हाम्रो नेपालले हाल ३० वटा सेवाकेन्द्रबाट सेवा दिदै आएको संस्थाका अध्यक्ष दङ्गालले बताउनु भएको छ ।

२०६९ साउन १४ गते स्थापना भएको संस्थाको सेयर पूंजी १७ करोड २२ लाख ९१ हजार रहेको छ भने लगानी १ अर्व ७१ करोड ८८ लाख १३ हजार ६८३ रुपैयाँ ३४ पैसा रहेको अध्यक्षको प्रतिबेदनमा उल्लेख गरीएको पाइन्छ ।

प्रतिबेदनमा उल्लेख भए अनुसार २४९६३ शेयर सदस्य रहेको संस्थामा ६३९८ बाल सदस्य समेत रहेको हाम्रो नेपालले ४६ लाख २ हजार १४४ रुपैयाँ ५३ पैसा नाफा गरेको छ ।

संस्थाले यस बर्ष शेयर लाभांशबाट १५ लाख ९ हजार ३३४ रुपैयाँ ३० पैसा र संरक्षित पुजी फिर्ता कोषबाट ७ लाख २३ हजार ५५४ रुपैयाँ ३१ पैसा गरी जम्मा २२ लाख ३२ हजार ८८६ रुपैया ६१ पैसा शेयर लाभांश बितरण गर्ने समेत प्रतिबेदनमा उल्लेख छ ।

जिल्ला समन्वय समिति झापाको सभा हलमा सम्पन्न एकाई साधारणसभामा अध्यक्षको प्रतिबेदन संस्थाका अध्यक्ष भवानी प्रसाद दङ्गालले लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा सुपरिवेक्षण समिति संयोजक कृस्णराज कटुवालले त्यसैगरी ऋण उपसमितिको प्रतिबेदन ऋण उपसमिति संयोजक पृथ्वी ओलीले प्रस्तृत गर्नु भएको थियो ।

चेतराज भट्टराईले स्वागत गर्नु भएको साधारणसभामा प्रमुख सल्लाहकार भगिरथ आले मामाले धन्यवाद दिदै आफ्नो मन्तव्य राख्नु भएको सभाको सहजीकरण संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले गर्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)