जनक राजवंशी–हल्दिबारी, १० पौष । नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाको १९ औं उपशाखा सभा तथा ७ औं अधिवेशनको संविधान सभा सदस्य पुर्ण प्रसाद राजवंशीले आज आइतबार रेडक्रस भवन हल्दिबारीमा उत्घाटन गर्नु भएको छ । उपशाखा सभापति कर्णखर प्रसाईको सभापतित्व तथा संविधान सभा सदस्य पुर्ण प्रसाद राजवंशीको प्रमुख आतिथित्यतामा सम्पन्न साधारण सभाले सभापतिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन तथा निति तथा कार्यक्रमहरु सर्वसम्मतले पारित गरेको छ ।

उक्त साधारण सभाको अवसरमा उपशाखाले जेष्ठ नागरिक रेडक्रस कर्मिहरु क्रमश नरेन्द्र कुमार कार्की, होमनाथ दाहाल, चक्र प्रसाद खरेल, बेद कुमारी नेपाल, गंगा प्रसाद उप्रेती, जमन्ता दाहाल, लय प्रसाद शिवाकोटी, थिङन बहादुर राई, तारा प्रसाद पराजुली, गंगा कार्की, नरेन्द्र ढकाल, धन बहादुर बस्नेत, हरि प्रसाद ढुङ्गाना, पञ्च बहादुर तामाङ्गलाई दोसल्लाह ओडाएर सम्मान गरिएको थियो ।


उक्त साधारण सभालाई प्रमुख अतिथि संविधान सदस्य पुणर्् प्रसाद राजवंशी, वडा अध्यक्ष शुकलाल राजवंशी, जलथल उपशाखाका सभापति रेम खरेल, पुर्व हल्दिबारी उपशाखा सभापति सोम बहादुर तामाङ्ग, सम्मानित ब्यत्तित्व नरेन्द्र कुमार कार्की लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका उपसभापति लक्ष्मी प्रसाद खनालले स्वागत गर्नु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव हरिकृष्ण अधिकारीले गर्नु भएको थियो ।

संस्थामा २३२ जना आजिवन सदस्य र १ जना विशिष्ट सदस्य रहेको छन भने आगामी कार्यकालको लागि निर्वाचन तालिका समेत प्रकाशित गरेको छ । सभापति, महिला उपसभापति, सचिव, कोषाध्यक्ष, उप सचिव, उपकोषाध्यक्ष, महिला सदस्य एक एक जना र ४ जना खुल्ला सदस्य गरि ११ पदमा निर्वाचन हुने निर्वाचन अधिकारीको कार्यालयले सुचना मार्फत जनाएको छ । निर्वाचन कार्यतालिका यस प्रकारको रहेको छ ।
तस्बिर ः नेत्र बिक्रम बिमली
