हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आगलागीमा परी आगोमा जलेर पाँच महिनाकी छोरीको दु:खद निधन

काठमाडौं, ११ पुस – भक्तपुर, सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाईटस्थित युनिटी टोल डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-१ घर भएकी सर्मिला मोक्तानको कोठामा आइतबार दिउँसो आगलागी हुँदा आगोमा जलेर सर्मिलाकै छोरी पाँच महिनाकी लासाङ मोक्तानको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएकी उनको सिद्धिस्मृति अस्पताल आदर्शमा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

झापा, गौरीगंज गाउँपालिका-६ दौवाबारी स्थित नगेन्द्र ढकालको खेतमा धान थ्रेसर गर्ने क्रममा आइतबार बिहान थ्रेसरमा आगलागी हुँदा मे.१ त ७६१९ नम्बरको ट्याक्टरमा जडान भएको थ्रेसर र ३ बिघा खेतको धान गरी करिब २१ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

Advertisement

सिराहा, कल्याण्पुर नगरपालिका-१२ बेल्हा मुखिया टोल बस्ने ३५ वर्षीय सोभित मुखियाको घरमा गएराति आगलागी हुँदा करिब १२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।प्रहरीले स्थानीयवासिन्दा र दमलकको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)