हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पल शाहको मुद्दाको फैसलाको सक्कल प्रमाण नवलपुर अदालतबाट झिकाउन तनहुँ अदालतको आदेश

अभिनेता पल शाहको मुद्दाको फैसलाको सक्कल प्रमाण नवलपुर अदालतबाट झिकाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ । सोमबार तनहुँ अदालतमा भएको सुनुवाइमा अदालतले एकै प्रकृतिको मुद्दा भएकाले नवलपुरको फैसलाको सक्कल प्रमाण पेस गर्न आदेश दिएको पलका वकिल कमलामोहन वाग्लेले बताए ।

Advertisement

यस अघि नवलपुर अदालतले भने शाहलाइृ बलात्कारको मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्तिको फैसला सुनाएको थियो । यद्यपी शाहले भने नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन समेत गरेका छन् ।तनहुँ जिल्ला अदालतमा सोही प्रकृतिको मुद्दाको फैसला हुन बाँकी छ ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)