हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पत्रकार अनमोल दुर्घटना परी घाइते

१२ पुस, बिर्तामोड । रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोल दुर्घटनामा परी घाइते भएकी छन् । आज बिहान ११.४५ बजे बिर्तामोडको सिटी सेन्टर अगाडिको पूर्व–पश्चिम राजमार्गमा बिर्तामोड ५ निवासी अनमोल चढेको प्रदेश १–०१–०१५ प ९१४० नं.को स्कुटीलाई दुईवटा सवारी साधनले ठक्कर दिएका थिए ।

Advertisement

एकै दिशा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका युपी ३७ टी ७८१३ नं को भारतीय ट्रक र ना ५ ख ८११९ नं को यात्रुबाहक बसले स्कुटीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, इन्स्पेक्टर अशोक जवेगुले बताए ।

Advertisement

ट्रकले ठक्कर दिएपछि स्कुटी बससंग ठोक्किएको जनाइएको छ । घाइतेको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक, बस र मोटरसाइकललाई नियन्त्रणमा लिइएको जवेगुले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)