हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जनकपुरधाम – जयनगर चल्ने रेलमा चढ्न लाग्दा खुट्टा अड्किएपछि एक यात्रुको मृत्यु

काठमाडौँ । जनकपुरधाम – जयनगर रेलले किचेर रेलमा नै सवार यात्रुको निधन भएको छ । भारतको जयनगरबाट रेल जनकपुरधाम आउने क्रममा विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा चढ्न लागेका एक यात्रुको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

धनुषा प्रहरीका अनुसार रेल चढ्न लाग्दा खुट्टा अड्किएपछि सोही रेलले किचेर ति यात्रुको निधन भएको हो । घटनामा ज्यान गुमाएका यात्रुको अझै सनाखत भइनसकेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)