हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पन्चायत माबी मा हातिको उपद्रो :

झापा।हल्दिबारीको जलथल जङ्गल रातमाटे सामुदायिक वन नजिक रहेको पन्चायत माध्यमिक बिधालयमा गए राती हातीले उपद्रो गरेको छ ।

Advertisement

अन्दाज बिहान २-३ बजे तिर आएको ३ वटा हातीले बिधालयको दिवाल भत्काएको बिधालयका शिक्षक डिल्लीराम ढुङ्गेलले सामाजिक संजालमा घटनाको तस्बिर नै सार्वजनिक गर्दै जानकारी गराएका छन। अन्दाज २० हजार बराबरको क्षेती बिधालयमा पुगेको स्थानीयहरुको अनुमान छ ।

Advertisement

हातीले पुराएको क्षेत्रतिको वडाका जनप्रतिनिधिहरुले निरीक्षण समेत गरेका छन।निरीक्षणमा वडाका अध्यक्ष बिष्णु ओली,वडा सदस्यहरु अजित बिष्ट र कर्ण भण्डारी निस्केका थिए। हातीले पुर्याएको क्षेतिको बिषयमा दुख व्यक्त गर्दै जनप्रतिनिधिहरुले बिधालयलाई गाउँपालिकाले क्षेतिपुर्ती प्रदान गर्नु पर्ने बताएका छन।सगैमा सर्वसाधारणले पनि सो घटना प्रती दुख व्यक्त गरेका छन। चारकोसे जङ्गल आसपास मा जङ्गली हातीले दिनै जस्तो दुख दिदै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)