झापा ,१५ पौष । मैनाली समाज नेपाल झापाको ८ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले हल्दिवारी – ४ जलथलका श्रीप्रसाद मैनालीको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

मैनाली समाजका केन्द्रिय उपाध्यक्ष मिन प्रसाद मैनाली अध्यक्ष ,डा. लक्ष्मी प्रसाद मैनाली र ज्ञानुराज मैनाली सदस्य रहेको निर्वाचन समितिले १८ सदस्य कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै घोषणा गर्नु भएको थियोे ।
तिन बर्ष कार्यकाल रहेको मैनाली समाज जिल्ला कार्यसमिति झापाको नेतृत्वमा अध्यक्षमा श्रीप्रसाद मैनाली हल्दिवारी , उपाध्यक्षमा राम प्रसाद मैनाली बिर्तामोड ,रेनुका मैनाली कनकाई ,सरोज मैनाली बिर्तामोड रहनु भएको छ ।
त्यसैगरी सचीवमा कृष्ण मैनाली भद्रपुर , सहसचिवमा खगेन्द्र मैनाली र सुमा मैनाली बिर्तामोड , कोषाध्यक्षमा अनुषा मैनाली कनकाई रहनु भएको छ ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा लक्ष्मी प्रसाद मैनाली बिर्तामोड ,यज्ञ प्रसाद मैनाली मेचिनगर ,बिमला मैनाली अर्जुनधारा ,खगेन्द्र मैनाली बुद्धशान्ति ,देवी प्रसाद मैनाली बिर्तामोड ,श्रीप्रसाद मैनाली बिर्तामोड ,श्रीप्रसाद मैनाली शिवसतासी ,पवित्रा मैनाली भद्रपुर ,मोहन मैनाली शिवसतासी र गोपिनाथ मैनाली मेचिनगर समेत सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति अध्यक्ष मिन प्रसाद मैनालीले जानकारी दिनु भयो ।
मैनाली समाज नेपाल : झापाकाे आठाैं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न
https://haldibari.com/2022/12/29086/

