हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मेडिहोम हस्पिटलको प्रथम बार्षिक साधारण सम्पन्न, फागुणको पहिलो सतादेखी हस्पिटल संचालनमा आउने

हल्दिबारी, १६ पौष । मेडिहोम हस्पिटल प्रा.लि. हल्दिबारी २ को प्रथम बार्षिक साधारण सभा भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा सम्पन्न भएको छ ।

Advertisement

हल्दिबारी गाउँपालिका शिक्षासेवी नरेन्द्र कुमार कार्कीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष कृष्ण प्रसाद प्रसाईको सभापतित्वमा सम्पन्न साधारण सभाले लेखा परिक्षकको प्रतिवेदन पास गर्दै यहि फागुणको पहिलो साता देखि १५ सैयाको अस्पताल सुरु गर्न अनुमोदन समेत गरेको छ ।

Advertisement

हल्दिबारी–२, स्कुल चोकमा संचालनमा आएको मेडिहोम हस्पिटलमा ३५ जना शेयर सदस्य रहेका छन भने ७ सदस्य संचालक समिति समेत रहेको छ । संस्थाको चुक्ता पुँजी ६ करोड रहेको छ भने अधिकृत पँुजी ५० करोड रहने संस्थाका अध्यक्ष प्रसाईले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन ।

मेडिहोम हस्पिटल संचालन गर्न कृष्ण प्रसाईको अध्यक्षतामा पुष्करराज नेपाल, डा. सिप्पि न्यौपाने, गंगा प्रसाद प्रसाई, शुक्र दाहाल, सालिकराम पराजुली, होम कार्की सदस्य रहेको संचालक समिति समेत गठन गरिएको छ ।

अस्पताल शुरु संगै ओ.पि.डी., इमरजेन्सी, फार्मेसी, ल्याव र विशेसज्ञ सेवा प्रवाह गर्ने उदेश्यले कम्पनि ऐन अन्तर्गत दर्ता गरिएको हस्पिटल संचालन गर्न हाल २ वटा घर भाडा लिइएको छ भने १५ कट्टा जग्गा समेत खरिद गरिएको प्रसाई को प्रतिवेदनमा उल्लेख छ । समुदाय लक्षीत स्वास्थ्य कार्यक्रम लागु गर्ने दुई विपन्न परिवारको प्रत्येक शेयर सदस्यले स्वास्थ्य विमा गरिदिने समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसै गरि यसोदादेवी फाउण्डेशनका दिपक प्रसाद ओली संग सहकार्य गरि विपन्न परिवार लक्षित स्वास्थ्य कार्यक्रम संचालन गर्न एम्वुलेन्स प्राप्त गर्ने साथै बार्षिक ५० परिवारको स्वास्थ्य विमा गराउने समेत संस्थाका अध्यक्ष प्रसाईले जानकारी दिनु भएको छ ।

उक्त साधारण सभालाई शिक्षासेवी कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र कुमार कार्की पुर्व ससत्र प्रहरि एस.एस.पि. रमेश कुमार सुवेदी हल्दिबारी–२, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख माधव प्रसाद यादव लगायतले अस्पतालको प्रगतिको कामना गर्दै शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा हल्दिबारी उद्योग बाणिज्य संगका अध्यक्ष सुमन्त मैनाली प्रेस क्लव हल्दिबारीका अध्यक्ष नेत्र विक्रम विमली प्रतिदिन दैनिकका सम्पादक इन्द्र सिंह राजवंशीको समेत उपस्थिति रहेको थियो ।

अस्पतालका संचालक सदस्य शुक्र दाहालले स्वागत गर्नु भएको कार्यक्रमको सहजिकरण संचालक होम कार्कीले गर्नु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)