समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पोखराले कनेक्टिभिटीका रूपमा अब अन्य देशसँग जोड्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विमानस्थलबाट कास्की जिल्लाको मात्रै नभइ सिंगो देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

‘पोखरा पर्यटकीय रुपमा विश्वरुपमा परिचित त छ नै । कनेक्टिभिटीका रूपमा सिंगो देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउनेमा कसैले दुईमत राख्दैन,’ प्रधानमन्त्री प्रचण्डले भने । लामो समयको निर्माणपछि विमानस्थल सञ्चालनमा आएसँगै पोखरेली जनताको सपना पूरा भएको उनको भनाइ छ ।

प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएको एक हप्ता नपुग्दै विमानस्थल उद्घाटन गर्न पाउँदा हर्ष र गर्व महशुस भएको बताए । उनले भने, ‘तेस्रो पटक प्रधानमन्त्री बनेको एक हप्ता नपुग्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने अवसर पाएँ । तपाईंहरुको खुसीसँग खुसी मिसाउन चाहन्छु ।’ प्रधानमन्त्री प्रचण्डले शान्ति सम्झौतामा आएदेखि नै आफूले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने अडान राख्दै आएको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया पनि छिट्टै अगाडि बढाउने प्रतिवद्धता जनाए ।
प्रधानमन्त्री प्रचण्डले अब निजगढ विमानस्थल अघि बढाउने भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको कारण कास्कीलाई धेरै देशसँग जोड्न मिल्ने बताए ।

 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)