विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा ३ महिने ढाका बुनाई तालिम संचालन

हल्दिवारीमा तिन महिने व्यवसायिक ढाका बुनाई तालिमको आज एक कार्यक्रमको बीच हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले उद्घाटन गर्नु भएको छ ।

Advertisement

Advertisement

उधोग पर्यटन बन तथा बाताबरण मन्त्रालय घरेलु तथा साना उद्योग कार्यलय झापाको आर्थिक सहयोग तथा झापा प्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा १२ जनालाई तिन महिने तालीम शुरु भएको हो ।

गरिबी निवारणका लागि लगु उधम विकास कार्यलय ( मेड्पा) ले उक्त तालीमको सहजीकरण गरेको कार्यक्रम संयोजक देवकला राईले बताएकी छ्न ।

हल्दिवारी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष शेर बहादुर नेम्वाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी रवीन्द्र प्रसाद लिङ्गदेन ,४ नम्बर वडा अध्यक्ष होम चुडाल ,५ नम्बर वडा सदस्य तारादेवी ढकाल ,झापा प्राविधिक शिक्षालयका संचालक बिनोद आचार्यले मन्तव्य राख्नु भएको थियोे ।

तीन महिने ढाका बुनाई तालीममा कविता राईले प्रशिक्षण दिने कार्यक्रम सहजकर्ता मन्दिरा किस्कुले बताएकी छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article