काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा सोमबार सम्बोधन गर्ने भएका छन् । रास्वपा संसदीय दलको बैठकले नेता लामिछानेलाई सम्बोधन गर्ने जिम्मेवारी लिएको हो ।

रास्वपा संसदीय दलको बैठकमा सांसदहरुले उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सल्लाह समेत दिएपछि उनले आज सम्बोधन गर्ने भएका हुन् । बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा सदन चलाउन बनाइने अध्यक्ष मण्डलमा डा। चन्दा कार्कीको नाम सिफारिस गरिएको छ ।
