हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीका मोहन थिङ १६ बर्षदेखि बेपत्ता , खोजी गरिदिन परिवारको अपिल

झापा , हल्दिवारी गाउँपालिका वडा नं. ४ चुडाल चोकका एक युवक १६ बर्षदेखी परिवारदेखि सम्पर्क बिहिन भएका छ्न । रोजगारीको लागि भारतको कर्नाट गएका सोमबहादुर र लोकमायाका माइला छोरा मोहन थिङ ( तामाङ ) २०६४ सालदेखि बेपत्ता भएको परिवारजनले हल्दिवारी डटकमलाई बताएका छ्न । छोरा आउने आशले मोहन कि आमा लोकमाया प्रत्येक दिन उनको तस्वीर आफ्नो साथमा राखेर पर्खिरहेकि हुन्छिन ।

Advertisement

Advertisement

करिव ७० वर्ष पुगिसकेका थिङ का आमाबुबाको आशा छोरा जिवित नै रहेको र आउने आशा मात्र रहेको छ । उनिहरु भन्छ्न जिवित भए हामिलाई सम्पर्क गरेमात्र पुग्छ । कसैले देखे सम्पर्क गराइदिन समेत उनिहरुले अनुरोध गरेका छ्न । छोरा हराएको १६ बर्ष भयो तर उसैको मात्र याद आउछ आमा भन्छिन , चाडपर्व मेरोलागि आएजस्तै हुदैन । हल्दिवारी डटकमले उनीको खोजीमा एउट प्रयास मात्र गरेको छ ,।

 

 

नेपाल तथा भारतको कुनैपनि ठाउँमा भए तुरुन्त सम्पर्कमा आउन तथा कसैले चिनेको भए तल दिएको नम्बर तथा हल्दिवारी डटकममा सम्पर्क गरिदिन हुन अनुरोधमा छ। हल्दिवारी डटकमको लागि भुपाल बस्नेतले थिङ्का आमाबुबासंग भिडियो सम्वाद गर्नु भएको छ , सुनुहोला आमाबाबुको छोरा आउने आस र बिश्वासका केहि कुराहरू ! उनलाई सम्पर्क गराउने महानुभावलाई हामी संमान गर्ने छौ ।

सम्पर्क नम्बर :Call/whatsapp : +9779824997120 / +9779843930755

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)