हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रभु बैंकको अध्यक्षमा झापाका सिटौलाले लिए सपथ

प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले  शपथ ग्रहण गरेका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

Advertisement

सिटौलाले बैंकको सञ्चालक समितिको २८० औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन्। बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनलाई यहि पुस ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा चयन गरेको थियो।

Advertisement

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका सिटौलाले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव संगालेका छन्। उनले नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भएका हुन्। त्यस्तै  कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पन्न गरिसकेका छन्।

उक्त अवधिमा नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही काम गरेका थिए। त्यस्तै बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिको समेत कार्यअनुभव रहेको छ। उनी यस अघि पनि यहि बैंकको सञ्चालक समितिको अध्यक्ष थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)