हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विद्यालय आउदै गरेका शिक्षकको बाटोमै दुखद निधन

मुगु, २९ पुस; मुगुको सोरु गाउँपालिका(४ अन्तर्गत श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय फोतुमा कार्यरत शिक्षक रामबृक्ष सिंहको मृत्यु भएको छ ।

Advertisement

गत मंगलबार विद्यालयको कामको सिलसिलामा फोतुदेखि गाउँपालिका केन्द्र सोरुकोट आउने क्रममा बाटोमा असामयिक निधन भएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानअनुसार बेहोस अथवा हृदयघात हुने सक्ने अनुमान गरिएको छ । यसको पूर्ण रूपमा जानकारी प्राप्त भएको छैन । जिल्ला अस्पतालले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र यकिन जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)