जनक राजवंशी । हल्दिबारी, ३ पौष । हल्दिबारी, भद्रपुर र विर्तामोड क्षेत्रमा अवस्थित श्री भेलागढी सामुदायीक बन उपभोक्ता समितिको अधिवेशन यहि मिति २०७९ साल षौष ३० गते सुरु भई माघ २ गते समापन भएको छ । सो अधिवेनबाट हल्दिबारीका लोक प्रिय युवा पुर्व जनप्रतिनिधि खकेन राजवंशी सर्वसम्मत सचिव पदमा निर्वाचित भएको हो ।



पौष ३० गते पुर्व अध्यक्ष यदु प्रसाद दाहालको अध्यक्षतामा सुरु भएको उद्घाटन सत्र हल्दिबारीका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न पश्चात हल्दिबारी वडा नं. २ का वडा अध्यक्ष शुकलाल राजवंशीको संंयोजकत्वमा वडा सदस्य तुलसी पोख्रेल र सदस्य सयलाल राजवंशी सहितको ३ सदस्य निर्वाचन समिति गठन गरिएको थियो सो समितिले २ गते अध्यक्षमा पुण्य प्रसाद लम्साल, उपाध्यक्ष डिगेन राजवंशी र भिमा पराजुलि, सचिव खगेन राजवंशी, सह–सचिव पशुपति खतिवडा, कोषाध्यक्ष सावित्रा दाहाल र १३ जना सदस्य गरि १९ जनाको कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।