बागलुङ -बागलुङमा टिपर दुर्घटना हुँदा चालकको चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–१४ का ४३ वर्षीय राजु मोक्तान रहेका छन् ।

बागलुङको बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानामा टिपर दुर्घटना हुँदा चालक राजुको घटनास्थलमै मृत्यु भएको हो ।बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानादेखि वडा नम्बर ३ काँठेखोला आउँदै गरेको बा २ क ९२५८ नम्बरको खाली टिपर बिहान सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बागलुङ–बरेङ सडक खण्ड निर्माणमा संचालन भइरहेको टिपर निर्माण सामाग्री छाडेर फर्किदै गर्दा दुर्घटना भएको हो ।