भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ं झापाको पाँचौं अधिवेशनबाट होमराज खतिवडा र राजु वराल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

चार वर्षे कार्यकालका लागि गठित समितिको पहिलो दुई वर्ष खतिवडाको नेतृत्व रहने छ भने पछिल्लो दुई वर्ष वराल अध्यक्ष रहने गरी समिति गठन भएको हो ।

यसैगरी समितिको बरिष्ठ उपाध्यक्षमा युवराज दाहाल महिला उपाध्यक्षमा रमा ढुंगाना, उपाध्यक्षहरूमा क्रमशः घनश्याम अर्याल, टंक अधिकारी, विकास अधिकारी र लक्ष्मीशरण अधिकारी निर्विरोध चयन भएका हुन् । यस्तै सचिव द्रोण अधिकारी, रेवत खनाल र पदम गजुरेल, सहसचिवमा क्रमशः दीपक खड्का, सञ्जीव कार्की, दिपेन्द्र यादव र चन्द्रमणि खरेल, कोषध्यक्षमा लक्ष्मी सुवेदी र सहकोषध्यक्षमा विदुर ढुंगाना चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा क्रमशः टंक न्यौपाने, निर्मला दुलाल, सरू कार्की, कमल न्यौपाने, शर्मिला प्रसाई, भानुप्रताप राजवंशी, मनिषा चेम्जोङ्ग, मुना कार्की, महेन्द्र सेढाई, किशोर गौतम, घनश्याम दाहाल, शिवनारायण बजगाई रहेका छन् ।
होमराज खतिवडाको अध्यक्षता तथा इस्टुका केन्द्रीय उपमहासचिव मनोज खनालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा केन्द्रीय सचिव यादवप्रसाद अधिकारी तथा पूर्व केन्द्रीय सदस्य बालकृष्ण दाहालको टोलीले अधिवेशनको संयोजन गरेको थियो ।