हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीका गजेन्द्र ढकाल कर्मचारी संघ एक्सेल डेभलपमेन्ट बैंकको कोषाध्यक्षमा निर्वाचित

झापा । नेपाल बित्तीय संस्था कर्मचारी संघ एक्सेल डेभलपमेन्ट बैंकको तेस्रो अधिवेसनले गोपाल लोहनीलाई सर्बसम्मत अध्यक्ष चयन गरेको छ । झापाको बिर्तामोडमा शनिबार भएको अधिवेसनले लोहनीलाई आगामी चारबर्षे कार्यकालको लागि अध्यक्ष चयन गरेको हो । कमिटीको बरिष्ठ उपाध्यक्षमा भागवत ढुङगाना चयन भएका छन् ।
ढुङगाना यसअघि कार्यबाहक अध्यक्ष थिए । नविन संग्रौला र यामनाथ पौडेल उपाध्यक्ष रहेको नवनिर्वाचित कमिटीमा राज शंकर थापा महासचिव चयन भएका छन् । यसैगरी उपमहासचिव राजन ढकाल र कोषाध्यक्ष गजेन्द्र ढकाल नयाँ कमिटीमा आएका छन् । सदस्यहरुमा निशा ओली आचार्य, निरज ढुङगाना, चन्दना भण्डारी र तेजप्रकाश न्यौपाने रहेका छ्न । नवनिर्वाचित कमिटीका अध्यक्षले दुई सदस्य मनोनयन गर्ने उनले जानकारी दिए ।
कार्यबाहक अध्यक्ष भागवत ढुङगानाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्ने अधिकांस वक्ताले बैंक ब्यावस्थापन र कर्मचारीहरुको सहकार्यको उदाहरण एक्सेल बैंक भएको भन्दै प्रसंसा गरेका थिए । कार्यक्रममा नेपाल बित्तीय संस्था कर्मचारी संघका प्रदेश अध्यक्ष राम भट्टराई, उपाध्यक्ष यामनाथ पौडेल, मार्केटिङ बिभाग प्रमुख पङकज घिमिरे, मानव संसाधन बिभाग प्रमुह श्याम बहादुर बोहरा, आन्तरिक लेखा प्रमुख महेशमान प्रधान, कर्जा असुली बिभाग प्रमुख चन्द्रप्रसाद आचार्य, विजनेस बिभाग प्रमुख शिव गिरी, भवानी प्रसाई, होमबहादुर कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्र कुमार कट्टेलले ट्रेड युनियनले सस्था को हितमा सोच्नु पर्ने धारणा राखेका थिए । उनले ब्यवस्थापन र कर्मचारी दुई ध्रुबमा बिभाजित हुनु नहुने धाराणा राख्दै यतिबेला बैकिङ क्षेत्रका सुचकहरु पोजेटिभ नभएकाले सबै पक्षले यस समस्याको समाधान गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि ट्रेड युनियनका नेता यज्ञप्रताप अधिकारीले बैंकले कर्मचारीको शोषण गर्न नहुने धारणा राखेका थिए । उनले ब्यवस्थापन र कर्मचारी नङ र मासुको जस्तो सम्बन्ध कायम हुनुपर्ने समेत बताए ।
एक्सेल बैंकमा कर्मचारी र ब्वस्थापनमा दरार उत्पन्न नभएको रेकर्ड राखेको छ भन्दै उनले यसलाई बैकले सम्पतिका रुपमा ग्रहण गर्नुपर्ने बताए । पुर्वका ५ जिल्लामा बिस्तार भएको यो बैंकका ४४ शाखा रहेका छन् । बैंकमा हाल २ सय ६८ कर्मचारी कार्यारत रहेका छन् । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्त यो बैंक पुर्वमा सफल बैंकको रुपमा पहिचान बनाएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)