जलथल खानेपानीमा देखिएको समस्या समाधान उन्मुख पुगेको जलथल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ। स्थापना कालदेखि नै खानेपानीमा देखिएको समस्याका कारण उपभोक्ता मारमा पर्दै आएका थिए ।

खानेपानीलाई स्वास्थ योग्य बनाउनु पर्नेमा महिनाको हप्ता दिन दुसित खानेपानी खान बाध्य जलथल बासिन्दाले अबको २ दिनपछि त्यो समस्याको समाधान हुने समितिका अध्यक्ष नवराज खरेलले बताए । खानेपानी ट्यान्कि र त्यसको सामान तथा गुणस्तर हिन पाइपको कारण पटकपटक समस्यामा पुगेको खानेपानीलाई स्थानीय केहि माछा तथा बाम माछा मार्ने गिरोहका कारण झन समस्यामा परेको थियोे ।

केहि व्यक्तिहरुले पटकपटक पाइपलाई छेड्ने कामको कारण प्रदुषण खानेपानी खानबाध्य जलथल बासीले त्यस्ता व्यक्तको निगरानी गरी करवाहि गर्न सके समस्या समाधान हुने स्थानीय बताउछ्न । करिब १७ सय सदस्य रहेको समितिमा १३५० परिवारले खानेपानी जोडिसकेको समितिले जनाएको छ ।
खानेपानी समितिका अनुसार भोलि पाइप लाइन सरसफाइ गरिने छ भने १० गतेदेखि जलथल बासिन्दाले शुद्ध खानेपानी बितरण हुने समितिको जनाएको छ । नेपाल सरकारबाट लोपोन्मुख , सन्थाल ,दलित समुदायलाई शुद्ध खानेपानी खुवाउन धारा जोड्न छुट्याएको २ करोडबाट गाउँपालिकाले खरिद गरेको धारा समेत उक्त समुदायलाई उपलब्ध नगराई राजनैतिक पहुँचका आधारमा आफ्ना मान्छेलाई सिफारिस गरिएको समेत श्रोतले जानकारी दिएको छ ।